Studio Time: Morning 5.00

हाम्रो बारेमा
hamro

हाम्रो बारेमा


‘विकास र सशक्तिकरणका लागि सञ्चार’ भन्ने मुल नाराका साथ ग्रामिण सामुदायिक विकास मञ्च म्याग्दीद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेगाहर्ज, समुदायमा आधारित सञ्चारमाध्यम हो । सुचना पाउने जनताको मौलिक अधिकारलाई स्थापित गर्न चर्को लोडसेडिङ्गको बावजुद पनि दैनिक १७ घण्टा निरन्तर सुचनामुलक र मनोरञ्जनात्मक खवर तथा कार्यक्रम पस्किरहेको छ । विद्युतीय पत्रकारिता समाजमा दैनिक घट्ने घटनाको विबरण प्रस्तुत मात्र होईन्, विकास र परिर्वतनका लागि पनि हुनुपर्छ भन्ने मान्यताका साथ हाल रेडियोले दैनिक रुपमा बिबिसी नेपाली सेवाका अतिरिक्त १७ वटा समाचार बुलेटिन प्रशारण गरिरहेको छ । धौलागिरी अञ्चलका ४ जिल्लाका अतिरिक्त गुल्मी र स्याङजालाई पनि यसले आफ्नो कार्यक्षेत्र मानेपनि समाचार र कार्यक्रम सम्प्रेषणमा राष्ट्रिय, अन्तराष्ट्रिय र खेलकुदका गतिविधीलाई प्राथामिकतामा राखेको छ । स्थापनाकाल देखि रेडियो महिला, बालबालिका, दलित, अपाङ्ग, ज्येष्ठ नागरिक र पछाडि पारिएको समुह, समुदाय र क्षेत्रलाई लक्षित गरी सामाग्रीहरु सम्प्रेषण गरिरहेको छ । स्थानीय कला, सँस्कृतिको सँरक्षण, शिक्षा, स्वास्थ्य, जलविद्युत र यातायातको सहज पहुँचका लागि समाचारको माध्यमबाट होस् या कार्यक्रम मार्फतले रेडियोले आफ्नो ठाउँबाट सक्दो खवरदारी गरिरहेको छ ।


 

play

NOW PLAYING..

shadow
play

UP NEXT....

प्रोफाइल
More
advertisement
तस्बिर संग्रह
More
photo
भिडियो संग्रह
More