Studio Time: Morning 5.00

मलेसियामा पक्राउ परेका १८ नेपाली घर फर्किए
image not found

२४ चैत, काठमाण्डौ । अवैधानिक रुपमा रहेर काम गरिररहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये १८ जना नेपाली घर फर्किएका छन् ।वैदेशिक रोजगार प्रबर्धन वोर्डको सहयोगमा नेपाली दूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराएपछि उनीहरु उद्धार भएको हो ।लामो समयदेखि मलेसियाको वुकित जलिल क्याम्पमा रहेका उनीहरु मध्ये केही परिवारको सम्पर्कमा समेत नरहेका र केहीको आर्थिक अवस्था नाजुक भएकाहरुलाई निःशुल्क रुपमा हवाई टिकट उपलब्ध गराइएको हो ।

पछिल्लो पटक मंगलबार नेपाल र्फकनेहरुमा सर्ला्हिका भीमबहादुर घलान र सिगलाल वाइवा, चितवनका अरविन्द्र चौधरी र सुरेश लामा, दाङका कृष्णबहादुर चन्द र गहेन्द्र हमाल, नुवाकोटका प्रेमबहादुर तामाङ र गणेशबहादुर तामाङ रहेका छन् ।यसैगरी उदयपुरका अमरबहादुर विक, वाग्लुङका होमबहादुर पुन, मोरङका अमरबहादुर खड्का, तेह्रथुमका चेतन लिम्वु, सिन्धुपाल्चोकका छिरिग तामाङ, सुनसरीका अनिल थेवे, दार्चुलाका राकेशबहादुर चन्द, रुपन्देहीका भीमसेन चौधरी र रोल्पाका मुमान सिंं घर्ती मगर रहेका छन ।
यसअघि मार्च २३ तारिखमा पनि मलक्का क्याम्पमा रहेको ७ जना नेपालीलाई निःशुल्क हवाई टिकट दिएर नेपाल पठाइएको थियो । पछिल्लो एक वर्षमा सरकारी तथा गैर सरकारी संघसंस्थाको सहयोगमा ४६६ जना नेपालीहरु नेपाली दूतावासको पहलमा नेपाल फर्किसकेका छन् ।

play

NOW PLAYING..
खबर सेरोफेरो

shadow
play

UP NEXT....
लोकपप गीतहरु

प्रोफाइल
More
advertisement
तस्बिर संग्रह
More
photo
भिडियो संग्रह
More