Studio Time: Morning 5.00

बेनीमा गुरुकुल संगीत तथा नृत्य पाठशाला केन्द्रको उद्घाटन

म्याग्दी२७,बैशाख।बेनीमा गुरुकुल संगीत तथा नृत्य पाठशाला केन्द्रको उद्घाटन गरिएको छ । कलाकार सुर्य घताने र लव थापा मगरले सञ्चालन गर्नुभएको केन्द्रको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले आज उद्घाटन गर्नुभएको हो । केन्द्रको उद्घाटन गर्दै कलाकार थापाले म्याग्दी जिल्ला कला संस्कृतिमा धनि जिल्ला भएकाले गुरुकुल संगीत तथा नृत्य पाठशालाले नयाँ कलाकार उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, म्याग्दी जेसिजका अध्यक्ष भिमसेन बराईली, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीका अध्यक्ष कुलदिप जुग्जालीले नयाँ पुस्तालाई कला, संगित र नृत्यप्रति आकर्षित गर्न केन्द्रले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमा साहित्यकार अजयमिलन श्रेष्ठ, कलाकार प्रकाशकुमार श्रेष्ठ, नेविसंघका जिल्ला अध्यक्ष भरत रकाल, अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष कमल खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रका संचालक सुर्य घतानको अध्यक्षता, लव थापा मगरको स्वागत र संचारकर्मी पदम विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रकाशकुमार श्रेष्ठ र सुर्य घतानेले आफ्नो साँगेतिक प्रस्तुती राख्नुभएको थियो । केन्द्रले नयाँप्रतिभाहरुमा निखार ल्याउन बेनीमा नियमित रुपमा संगीत तथा नृत्य कक्षा संचालन गर्ने जनाएको छ
 

play

NOW PLAYING..

shadow
play

UP NEXT....

प्रोफाइल
More
advertisement
तस्बिर संग्रह
More
photo
भिडियो संग्रह
More