Studio Time: Morning 5.00

नेपाली काँग्रेस म्याग्दीको कार्यवाहक सभापतिमाः भण्डारी
image not found
बेनि, २७ असार । नेपाली काँग्रेस म्याग्दीको कार्यबाहक सभापतीमा जिल्ला कार्यसमिति सदस्य कर्णबहादुर भण्डारी (के.बी) लाई तोकिएको छ । साउन १ गतेदेखि पारिवारिक भेटघाटको क्रममा बेलायत जान लागेका जिल्ला पार्टी सभापती खमबहादुर गर्वुजा (खमविर)ले  आफु स्वदेश फिर्ता नहुँदासम्मको लागि भण्डारीलाई कार्यवाहाक सभापतीको जिम्मेवारि दिनुभएको हो । कार्यवाहाक सभापती भण्डारीलाई गर्वुजाले पार्टीको दैनिक गतिविधि तथा प्रशासनिक लगायत तोकिएको जिम्मेवारी इमानदारीताका साथ पुरा गर्न आग्रह समेत गर्नुभएको छ । म्याग्दीको भगवती गाविस–९ साझापानी स्थायी घर भएका भण्डारी सुचना प्रविधिको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । 
गत फागुन १० गते भएको नेपाली काँग्रेस म्याग्दीको अधिवेसनबाट जिल्ला कार्यसमिति सदस्यमा सबैभन्दा बढी मत २४९ ल्याएर बिजयी हुनुभएका भण्डारीले पार्टीले मनोनित गर्ने उपसभापती पदमा समेत दावि गर्दै आउनुभएको थियो । उहाँले आफुलाई पार्टी सभापतीले दिएको कार्यबाहक सभापतीको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ । कार्यवाहक सभापतीको जिम्मेवारी पाएपछि पार्टीले मनोनित गर्ने उपसभापती पदमा भण्डारीको सम्भावना बढेको काँग्रेस नेताहरु बताउँछन् । उपसभापतीमा जिल्ला सदस्यमा निर्वाचित निवर्तमान सचिबद्धय माधव प्रसाद रेग्मी र क्याप्टेन मिन बहादुर कार्कीले समेत दावि गर्दै आउनुभएको छ । पार्टीको निर्वाचन पछि उपसभापति, सहसचिब, सचिव लगायतका मनोनीत पदमा अहिलेसम्म मनोनित भएको छैन । 
 
play

NOW PLAYING..

shadow
play

UP NEXT....

प्रोफाइल
More
advertisement
तस्बिर संग्रह
More
photo
भिडियो संग्रह
More