Studio Time: Morning 5.00

अधुरै रह्यो शेरचनको किर्तिमान सपना
image not found
 
रेडियो म्याग्दी ।      विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीया आरोही मीनबहादुर शेरचनको निधन भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए। पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शेरचनको शनिबार निधन भएको हो। शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा लागि हिडेका थिए । शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणका लागि प्रस्थान गर्नु भएको थियो। शेरचनको आरोहणका लागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै चलाइएको थियो। शेरचन सन् २००८ मा ७६ वर्षको उमेरमा उनले तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ ले सन् २०१३ र २०१५ मा प्राविधिक कारणले अक्षम भएको भन्दै यस वर्ष आरोहणको मिति तोकेको थियो । आरोही शेरचनले विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि सगरमाथा आरोहण गर्ने बताएका थिए । उनको शनिबार ५ः१४ मिनेटमा आधार शिविरमा मृत्यु भएको उनका सहयोगीहरुले जानकारी दिएका छन् । सगरमाथा आरोहण अघि आयोजित पत्रकार सम्मेलनमा शेरचनले भन्नु भएको थियो, ‘मेरो ८६ वर्ष उमेर किर्ते गरेको हो जस्तो लाग्छ । म सगरमाथा चढेरै छाड्छु।’ यसअघि ज्येष्ठ नागरिक शैलेन्द्र कुमार उपाध्यायले आरोहण प्रयास गर्दा आरोहणकै क्रममा हिमालमै उहाँको समेत मृत्यु भएको थियो । शेरचनको आरोहण दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए। शेरचनको आरोहणका लागि करिब ९५ लाख रुपैयाँ तय गरिएको थियो । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा पर्वतारोहणका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । नियमावलीमा १५ वर्ष काटेकालाई मात्र अनुमति दिने उल्लेख भए पनि माथिल्लो उमेरको व्यवस्था छैन ।
 
play

NOW PLAYING..

shadow
play

UP NEXT....

प्रोफाइल
More
advertisement
तस्बिर संग्रह
More
photo
भिडियो संग्रह
More